• मंसिर २७ २०८१, बिहीबार

सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेर बन्द

मंसिर २७ २०८१, बिहीबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ । अघिल्लो दिन बुधबार ४५.८८ अंकले बढेको परिसूचक आज ३५.२२ अंकले घटेर २६८०.४९ विन्दुमा अडिएको छ ।

नेप्से परिसूचक घटेपनि कारोबार रकम भने बुधबारको तुलनामा बढेको छ । आज ६ अर्बमाथिको कारोबार भएको छ । बुधबार ५ अर्ब ५ करोड बराबरको सेयर कारोबार भएको थियो ।

यसदिन ३०४ स्क्रिप्सको १ करोड २२ लाख ५९ हजार ९९२ कित्ता सेयर ६ अर्ब ५७ करोड ९ लाख ६२ हजार २५८ रुपैयाँमा खरिदबिक्री भए ।

नेप्से दोहोरो अंकले घट्दा कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन । आज जानकी फाइनान्स समूहका लगानीकर्ताले सर्वाधिक गुमाए। सो कम्पनीको सेयर ९.९९ प्रतिशतले घट्यो । कारोबार रकमका आधारमा जानकी फाइनान्स शीर्ष स्थानमा रह्यो ।

सो कम्पनीको २४ करोड मूल्य बराबरको सेयर कारोबार भयो । कारोबारमा आएकामध्ये ४० स्टक्सको मूल्य बढ्दा २९४ वटाको घट्यो । दुई समूहको उपसूचक बढ्दा अन्यको घट्या े। मनु एण्ड प्रो र म्यु्चुअल फण्डको उपसूचक बढ्दा अन्यको घटेको हो ।