• मंसिर २७ २०८१, बिहीबार

म्याद थपका लागि प्रहरीले रवि लामिछानेलाई अदालतमा उपस्थिति गरायो

मंसिर २७ २०८१, बिहीबार

मंसिर २७, काठमाडौं । सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई म्याद थपका लागि अदालतमा उपस्थित गराइएको छ ।

लामिछानेलाई प्रहरीले कास्की जिल्ला अदालत उपस्थित गराएको हो । लामिछाने सहकारी ठगी प्रकरणमा गत कात्तिक २ मा काठमाडौंबाट पक्राउ परेका थिए । त्यसयता उनी प्रहरी हिरासतमा छन् ।

लामिछानेविरुद्ध प्रहरीले सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र सङ्गठित अपराधलगायतका कसुरमा अनुसन्धान गरिरहेको छ । प्रहरीले उनलाई बुटवल, काठमाडौं, चितवन र पर्सा लगेर बयान लिइसकेको छ ।