भारतीय फिटनेस एक्सपर्ट तौसिफ खानले तौल घटाउन चाहने व्यक्तिले सुत्न पहिले निम्न कार्य गर्नुपर्ने सुझाएका छन् ।
–दूधः सुत्नु पहिले एक ग्लास दुध पिउनुहोस् । यसमा पाइने क्याल्सियम र प्रोटिनले पाचन शक्तिलाई राम्रो बनाउँछ । यसले राम्रो निन्द्रा लाग्न सहयोग गर्छ भने तौल पनि घटाउन सहयोग गर्दछ ।
– मरिचः रातीको खानामा कालो मरिचको प्रयोग गर्नुहोस् । यसमा बोसो पगाल्ने तत्व पाइनुका साथै यसले मेटाबोलिजम रेट पनि बढाउँछ जसले अतिरिक्त बोसो कम गर्न मद्दत गर्दछ ।
– दहीः नियमित रुपमा सुत्नुभन्दा पहिले एक कचौरा कम फ्याट भएको दही खानुहोस् । यसमा पाइने प्रोटिनले ‘मसल्स बिल्ड’ गर्नेछ र तौल घटाउन सहयोग गर्नेछ ।
–हिँड्नुहोस्ः सुत्नुभन्दा आधा घण्टा पहिले २० देखि ३० मिनेट हिँड्नुहोस् । यसले खाना पचाउन सहयोग गर्दछ र तौल घटाउन मद्दत गर्दछ ।
– ग्रिन टीः यसमा एन्टीअक्सिडेन्ट र क्याटेचिन्स हुने भएका कारण यसले मेटाबोलिजमलाई बढाउन सहयोग गर्दछ भने पेटको बोसो कम हुन थाल्छ त्यसकारण सुत्नु पहिले ग्रिन टी पिउनुहोस् ।
–कागती पानीः यसले शरिरको टक्सिन टाढा राख्छ जसले बोसो बढाउन दिँदैन । यसले पेटमा जमेको बोसो कम हुन्छ ।
– पाइनएप्पल र अदुवाको रसः यी दुबैले मेटाबोलिजमलाई सन्तुलन राख्छ र बोसो पगाल्न मद्दत गर्दछ । यसमा भिटामिन सि हुन्छ जसका कारण शरिरले पूर्ण रुपमा शक्ति पाउँछ ।
– एलोभेरा जुसः यसले शरिरमा फ्रि र्याडिकल्सको वृद्धिलाई कम गर्दछ जसले पेटको बोसो कम हुन मद्दत गर्दछ ।
–हरियो धनियाँको जूसः यो पिउँदा शरिरको टक्सिन टाढा हुन्छ र पेटको बोसो चाँडै कम हुन्छ ।
–काँक्रोको जुसः यसमा एन्टिअक्सिडेन्ट र एन्टी इन्फ्लामेटरी गुण हुन्छ जसले पेटको बोसो हटाउन सहयोग गर्छ ।