• मंसिर २७ २०८१, बिहीबार

‘माग्ने राजा’ बन्दै केदार घिमिरे

मंसिर २७ २०८१, बिहीबार

काठमाडौंँ । निर्देशक ऋषि लामिछानेले केही अघि घोषणा गरिएको फिल्मको नाम ‘माग्ने राजा’ राखिएको छ । निर्माण युनिटले एक पोष्टर सार्वजनिक गर्दै फिल्मको नाम जानकारी दिएको हो ।

अभिनेता केदार घिमिरे ‘माग्नेबुढा’ को मुख्य भूमिका रहने फिल्म मुनाल घिमिरेले निर्माण गर्न लागेका हुन् । फिल्मको नाम चलचित्र विकास बोर्डमा दर्ता भएपछि सार्वजनिक गरिएको हो । फिल्मको लेखन समीप्यराज तिमल्सिनाले गरेका छन् ।
आगामी फागुन १ गतेबाट छायाङ्कनको तयारी गरिएको ‘माग्ने राजा’ कमेडी कथावस्तुमा बन्न लागेको हो । आरम्भ प्रोडक्सनको प्रस्तुति रहने फिल्ममा केदार बाहेक अन्य कलाकार छनौटको क्रममा छन् । यो फिल्मबाट निर्देशक लामिछानेले आठ वर्षपछि कमब्याक गर्न लागेका हुन् । पछिल्लोपटक उनले सन् २0१६ मा प्रदर्शन भएको ‘किस्मत २’ निर्देशन गरेका थिए ।

हुन त ‘माग्ने राजा’ नामबाट केही अगाडि दीपक दीपाले फिल्म बनाउने तयारी गरेका थिए । तर अहिले यो नाम दीपक दीपाको हातबाट फुत्किएको छ ।