• चैत्र १९ २०८१, बुधबार

उल्टो साइकल चलाउने जिवनाथले ल्याए उल्टो साइकल चलाएर छायांकन गरेको गीत (भिडियोसहित)

मंसिर २६ २०८१, बुधबार

काठमाडौं । केही समय अघि बर्दिवास नगरको गीत गाएर चर्चामा आएका जेवि पोखरेल (जिवनाथ) ‘तिमी त मेरो ह्याप्पी हर्मोन’ आफ्नो दोस्रो गीत सार्वजनिक गरि पुनः दर्शक श्रोतामाझ आएका छन् ।

स्वर, शब्द र सङ्गीत पोखरेलकै रहेको यस गीतमा उनलाई स्वरमा महिलातर्फ रीता केसीले साथ दिएकी छिन् ।
उल्टो त्यो पनि पृथक साइकल सवार गरी तयार पारिएको ‘तिमी त मेरो ह्याप्पी हर्मोन’ गीतको भिडियो भर्खरै मात्र इक्च म्ष्नष्तब िर ‘बर्दिवास मिडिया हाउस’ मार्फत् सार्वजनिक गरिएको छ ।

१८ वर्ष अघि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म उल्टो साइकल हाँकेर ‘उल्टो साइकल यात्री’को रुपमा नाम राखेका गायक पोखरेलले यस गीतको सम्पूर्ण छायाङ्कन बर्दिवास नगरभित्र नै गरेका हुन् ।

गीतको भिडियोमा पोखरेललाई शिक्षिका सुधा गौतमले अभिनयमा साथ दिएकी छिन् । पोखरेल स्वयमले निर्देशन गरेको उक्त गीत यतिखेर सम्पूर्ण बर्दिवासवासी लगायत नेपालीहरूको मन मुटुमा बस्न सफल भएको छ । स्वास्थ्यकर्मी पनि रहेका पोखरेलले दुई दर्जनभन्दा बढी गीतहरू रेकर्ड गराइसकेका छन् ।