• फाल्गुन ३० २०८१, शुक्रबार

दुई हजारले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबर ?

मंसिर २६ २०८१, बुधबार

२६ मङ्सिर, काठमाडौँ । नेपाली बजारमा बुधवार सुनको मूल्य तोलामा २ हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलवार तोलाको १ लाख ५२ हजार २०० रुपैयाँ कायम भएकोमा आज १ लाख ५४ हजार २ सय कायम भएको हो ।

बुधबार चाँदीको मूल्य भने स्थिर रहेको छ । मङ्गलवार तोलामा १ हजार ९२५ रुपैयाँमा कारोबार भएकोमा बुधबार पनि सोही मूल्य तय भएको हो ।