काठमाडौँ । लोक सेवा आयोगले ठूलो संख्यामा शाखा अधिकृतको विज्ञापन प्रकाशित गरेको छ।
आयोगले बुधवार विभिन्न सेवा, समूहतर्फ गरी चार सय २२ पदका लागि दरखास्त माग गरेको हो ।
लोक सेवा आयोगद्वारा प्रकाशित सूचनामा न्याय सेवा, प्रशासन सेवा, लेखा सेवा, परराष्ट्र सेवा र लेखापरीक्षण लगायतका विभिन्न समूहका पदहरू समेटिएका छन्। यस्तो छ समावेशी र खुला प्रतिस्पर्धाका लागि तोकिएका पदहरूको सूची :