• बैशाख १० २०८२, बुधबार

रविलाई टुप्पीमा समाएर उठकाने, बसकाने बनाउँदै ओली

मंसिर २४ २०८१, सोमबार

२४ मंसिर, पोखरा । सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई वीरगञ्ज लगिएको छ ।

लामिछानेलाई पोखराबाट काठमाडौं र काठमाडौंबाट बुद्ध एयरको जहाजबाट सोमबार सिमरा पुर्याइएको हो । सिमराबाट उनलाई गाडीमार्फत वीरगञ्ज र्पुयाएको हो ।

यसै प्रकरणमा पक्राउ परेका गोर्खा मिडियाका पूर्वसञ्चालक छविलाल जोशी र रामबहादुर खनाललाई पोखराबाट वीरगञ्ज लगिसकिएको छ ।

रविसहित १४ जनाविरुद्ध सानोपाइला सहकारीको रकम अपचलनको बारेमा १९ मंसिरमा पर्सा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।

यो सहकारीका पूर्वसञ्चालक तथा संरक्षक जीबी राई हुन् । तत्कालिन वीरगञ्ज उपमहानगरपालिकाको ८, १३, १४, १८ र १९ नम्बर वडा कार्यक्षेत्र रहेको सानो पाइला सहकारीले करिब ८ सय बचतकर्ताको १ अर्ब ३५ करोड रुपैयाँ बचत जम्मा गरेको थियो ।

सहकारीले ऐन विपरीत सदस्य समेत नरहेका वीरगञ्ज बाहिरका व्यक्तिलाई ऋण दिएर रकम अपचलन गरेको आरोप छ । बचतमध्ये करिब ९२ करोड रुपैयाँ कार्यक्षेत्र बाहिर गएर लगानी गरेर अपचलन गरेको आरोप छ ।

रविले ओलीले बेचेकाे भनिएकाे गिरिबन्धु चिया कारखानामा भएकाे भ्रष्टाचार छानबिन हुनुपर्ने माग गर्दै आएका थिए भने नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस नेतृ आरजु राणामाथि छानबिन हुनुपर्ने माग गर्दै आएका थिए ।

साेही मागकाे बदलामा सहकारीकाे पैसा अपचलनमा आज कांग्रेस-एमालेकाे सरकारले रविलाई पक्राउ गरी छानबिन गरिरहेकाे छ । तर पक्राउ नगरेरै पनि रविलाई छानबिन गर्न सकिने भन्दै रविमाथि अत्याचार भएकाे बहस उठेकाे छ ।