पेटमा अल्सर हुने अवस्थामा बिरामीलाई एन्टियोबायोटिक्स लामो समयसम्म चलाइन्छ साथै एसिड ब्लकर्स पनि दिइन्छ ।
यस बाहेक नियमित भोजनको रुपमा बिरामीलाई सादा भोजन गर्न आवश्यक छ ।
सादा खानेकुराले अल्सर पैदा गर्ने ब्याक्टेरियाबाट लड्न मद्दत मिल्छ । बन्दागोभी, काउली, मुला, स्ट्रबेरी, चेरी, ब्रोकाउली, हरिया सागसब्जी, दही, मह, लसुन, ग्रीन टि , बेसार मिसाएको दुध आदि खानु राम्रो हुन्छ ।
हेलियोब्याक्टर पायलोरी नामक ब्याक्टेरियाको कारण भएको पेटको फोरालाई ठिक गर्नको लागि यी सबै खाद्यपदार्थ यसकारण उपयोगी छन् किनभने यी खानेकुरा एन्टिअक्सिडेन्टबाट भरपुर छन् ।
यी खाद्यपदार्थले शरीरको रोग प्रतिरोधी प्रणालीको सुरक्षा पनि गर्छ र शरीरलाई संक्रमणबाट लड्नको लागि सक्रिय बनाउँछ । यसको मद्धतले पेटको क्यान्सरबाट जोगिन सुरक्षा मिल्छ ।
केही सोधबाट ओलिभ आयल पनि यो ब्याक्टेरियाको संक्रमण टाढा गर्न समर्थ भएको पाइएको छ ।