• माघ १८ २०८१, शुक्रबार

शिक्षा समितिमा पुगेका महेन्द्र बिरामी भन्दै निस्किए, त्यसपछि खोजी भयो पुरुष सांसद

मंसिर २३ २०८१, आईतवार

२३ मंसिर, काठमाडौं । गणपुरक संख्या नपुगेपछि संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक स्थगित भयो । आइतबार २ बजेका लागि बैठक बोलाइएको थियो । तर, ३ बजेसम्म पनि गणपुरक संख्या पुगेन । त्यसपछि सभापति अम्बर बहादुर थापाले बैठक स्थगित भएको बताए । ‘गणपुरक संख्या पुगेन । भोलि १ बजे बस्नेगरी बैठक स्थगित भएको छ,’ सभापति थापाले भने । २४ सदस्यीय रहेको समितिमा १० जना मात्र भएपछि स्थगित भएको हो । बैठकको लागि १३ सदस्य आवश्यक पर्छ ।

विद्यालय शिक्षा विधेयकमाथि दफावार छलफल सुरु गर्ने कार्यतालिका थियो । गणपुरक संख्या नपुगेपछि दफावार छलफल रोकियो । रोचक के भयो भने, बैठकमा पुरुष सांसद उपस्थित भएनन् । १० जना उपस्थित सांसदमध्ये एक जना पुरुष सांसद महेन्द्र राय यादव आएका थिए । तर आँखाको बिरामी भएको भन्दै उनी बाहिरिए । त्यसपछि महिला सांसद मात्र बाँकी रहे । ‘आजको बैठक विशेष छ । याद गर्नुस् है । पुरुष सांसद आउनु भएन,’ बैठक स्थगित भएपछि महिला सांसदहरू भन्न थाले ।
बैठकका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई पनि पुगेकी थिइन् ।
उपस्थित सांसदहरू.
ईश्वरी घर्ती
दीपा शर्मा
रेखा शर्मा
विनिता कुमारी सिंह
सरिता भुसाल
सुमना श्रेष्ठ
संगिता मण्डल
धानुकज्ञानु सुवेदी बस्नेत
महेन्द्र राय यादव
अनुपस्थित सांसदहरू
तोसिमा कार्की
बिना जैसवाल
उर्मिला थेबे– बिरामी
मनोरमा शेरचन – बिरामी
लिलादेवी बोखिम लिम्बू
अनुपस्थित पुरुष सांसदहरू
कालुराम राई
चन्द्रकान्त भण्डारी
छविलाल विश्वकर्मा
डिगबहादुर लिम्बू
देवेन्द्र पौडेल
धनराज गुरुङ
प्रभु हजारा
रामप्रकाश चौधरी