• फाल्गुन ३० २०८१, शुक्रबार

मोबाइल रेडिएसन किन हानिकारक ?

मंसिर २३ २०८१, आईतवार

मोबाइल रेडिएसनले मस्तिष्कको क्यान्सर, ट्युमर भएका घटनाहरू छन् ।

तर, यसबारे विस्तृत अध्ययन भने भएको पाइँदैन । मोबाइलको रेडिएसनले मात्र नभई यसको लतले सम्पूर्ण स्वास्थ्यमा प्रत्यक्ष असर गरिरहेको हुन्छ ।

मोबाइलको विकिरणले मस्तिष्कलाई दुई तरिकाले असर गरिरहेको हुन्छ । पहिलो मोबाइल कानमा राख्दा यसको तापले कानको स्नायुलाई सीधा असर गरिरहेको हुन्छ । अर्थात् एक घन्टा मोबाइल चलाउँदा दिने ताप, एक मिनेटमा माइक्रोवेभले दिने तापबराबर हुन्छ ।

दोस्रो, जैविक असर हो । अर्थात् शरीरका कोषहरू सञ्चारका लागि एक–अर्कासँग जोडिएका हुन्छन् । मोबाइल चलाउँदा रेडिएसनले यसमा बाधा पारिरहेको हुन्छ । अर्थात् रेडिएसनले शारीरिक प्रणालीलाई बाधा पु¥याउँदा कोषहरूले सञ्चार गर्न बढी मिहिनेत गर्नुपर्ने हुन्छ ।

बदलिँदो जीवनशैलीसँगै मोबाइल फोन अत्यावश्यकजस्तै भइसकेको छ । योसँगै यसका असरबारे चासो नदिँदा स्वास्थ्य समस्या पनि बढिरहेको चिकित्सकहरू बताउँछन् । सुत्ने वेलामा मोबाइल सिरानीमा नराख्न, फोनमा कुरा गर्दा सकेसम्म कानबाट टाढा राख्न वा अन्य डिभाइसको प्रयोग गर्न, बालबालिकालाई फोनको प्रयोग घटाउन वा यसले पार्ने असरको नियन्त्रण उपाय अपनाउन न्युरोलोजिस्टहरू सल्लाह दिन्छन् ।