• असार ३ २०८२, मंगलवार

बीआरआई सम्झौता कांग्रेसको सहमतिमै गरिएको हो, अन्यथा सोच्न जरुरी छैन : गृहमन्त्री लेखक

मंसिर २२ २०८१, शनिबार

विराटनगर । गृहमन्त्री रमेश लेखकले नेपाल सरकारले मित्रराष्ट्र चीनसँग बीआरआई सम्बन्धी सम्झौता काँग्रेससँगको सहमतिमै भएको बताएका छन् । कांग्रेस कोशी प्रदेशको प्रथम सम्मेलनमा गृहमन्त्री लेखकले बीआरआई सम्झौता कांग्रेसको धारणा, सल्लाह र सहमतिमा भएको दाबी गरेका हुन् ।

उनले भने, ‘नेपाल सरकारले मित्रराष्ट्र चीनसँग बीआरआई सम्बन्धि थप सम्झौता गरेको छ । यो सम्झौता नेपाली कांग्रेसको धारण सल्लाह र सहमति अनुसार भएको हो । यसमा अन्यथा सोच्न जरुरी छैन ।’

गृहमन्त्री लेखकले मुलुकको समग्र विकास गर्नका लागि आर्थिक सहायता लिने आवश्यक रहेको भन्दै बीआरआईमा ऋण लिने कुरा नभएको बताए । कांग्रेस नेता लेखकले भने,‘कांग्रेसले ऋण लिन्न भनेर भनिसकेको छ । सम्माननीय प्रधानमन्त्रीजीले ऋण लिने कुरा भएको छैन भनिसक्नु भएको छ । अब यसको ठीक कार्यान्वयन लाग्नुपर्छ ।’

संविधान संशोधनको विषय उठेको भन्दै संघीय लोकतान्त्रिक शासन व्यवस्था र समावेशितालाई थप उन्नत बनाउन गरिने बताए । संविधान संशोधनका लागि आन्तरिक छलफल सुरु भइसकेको उनको भनाइ छ । कांग्रेस र एमालेले सत्ता समीकरणलाई ८४ निर्वाचनसम्म पुर्याउनु पर्नेमा गृहमन्त्री लेखकको जोड दियो ।

उनले भने, ‘वर्तमान व्यवस्थामाथि आक्रमण हुँदैछ । यो संविधानमाथि आक्रमण हुँदैछ । यसलाई सुरक्षित गर्नु कांग्रेसको पहिलो दायित्व हो ।’