काठमाडौं । नेपाल प्रहरीले रुखमा बसेर क्रिकेट नहेर्न दर्शकहरुलाई आग्रह गरेको छ । हाल त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा चलिरहेको क्रिकेट खेल हेर्न हजारौंको भिड लाग्ने र रुख तथा असुरक्षित स्थानहरुमा समेत झुण्डिएर खेल हेर्दा चोट लाग्न सक्ने भएकोले असुरक्षित तरिकाले खेल नहेर्न प्रहरीले आग्रह गरेको हो । नेपाल प्रहरीले आज एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको छ ।
सूचनामा भनिएको छ,‘हाल टियु ग्राउण्डमा चलिरहेको नेपाल प्रिमियर लीगको खेलमा दर्शकहरुले विभिन्न अग्ला रुख तथा अन्य जोखिमयुक्त स्थानबाट क्रिकेट हेर्ने गरेको र यस्ता खालका गतिविधिले ठूलो दुर्घटना निम्त्याउने तथा ज्यान जोखिम समेत हुने हुँदा सम्पूर्ण दर्शकहरुमा सभ्य, मर्यादित तथा सुरक्षित तवरले खेल हेर्न अनुरोध गर्दछौं ।’
साथै प्रहरीले कुनै सहायताको लागि भन्दै नजिकको प्रहरीको कार्यालय तथा १०० मा फोन गर्न पनि आग्रह गरेको छ ।