• मंसिर २७ २०८१, बिहीबार

सुचिना हत्या प्रकरण : आफन्त भन्छन्, ‘मुखमा माटो र गोबर कोचेर मारेछन्, दोषी पत्ता नलागेसम्म शव लिन्नाैं’

मंसिर २१ २०८१, शुक्रबार

काठमाडाैं । आफ्नी छोरीचेली सुचिना घलेलाई मुखमा माटो र गोबर कोचेर निर्मम हत्या गरेको आफन्तहरुले आरोप लगाएका छन् । घलेको माइती गाउँ काशीगाउँका मान बहादुर गुरुङले पोस्टमार्टम रिपोर्टलाई आधार मानेर सुचिनाको मुखमा माटो र गोबर कोचेर हत्या गरेको दाबी गरेका हुन् ।

मृतक घलेको शव पोष्टमाटर्मका लागि बुधबार फरेन्सिक मेडिसिन विभाग काठमाडौँ पठाइएको थियो । पोष्टमाटर्म रिपोर्टका अनुसार उनको मुखमा माटो र गोबर कोची हत्या गरेको देखिएको उनले बताए ।

‘डाक्टरहरुले मुखमा गोबर र माटो कोचेर हत्या गरेको पुष्टि गरेका छन्’, सुचिनाका दाइ नाता पर्ने मानबहादुरले भने, ‘धारिलो हतियारले हानेको चोटपटक पनि रहेछ । बाँया हातको माँझी र साईली औँला काटेर छिनोलेका रहेछन् । निकै दर्दनाक तरिकाले हत्या गरिएको रहेछ ।’

घलेका आफन्तहरुले दोषी पत्ता नलागेसम्म शव जिम्मा पनि नलिने, अन्त्यष्टि पनि नगर्ने चेतावनी दिएका छन् । जिल्ला प्रहरी प्रमुख एसपी बासुदेव पाठकले भने घटनाबारे प्रहरी नायब निरीक्षकको कमाण्डमा खटिएको टोलीद्वारा अनुसन्धान भइरहेको बताएका छन् ।