काठमाडौं । नेपाल प्रहरीले ठूलो संख्यामा दरखास्त आह्वान गरेको छ । प्रहरी प्रधान कार्यालय नक्सालले एक सूचना जारी गर्दै जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी जवान (जनपद) र प्रहरी कार्यालय सहयोगी पदहरूमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधानबमोजिम पदपूर्ति गर्ने गरी दरखास्त आह्वान गरेको हो ।
कार्यालयले प्रहरी जवानतर्फ ११६५ जना, प्रहरी कार्यालय सहयोगी (भान्से) मा ४७ जना र ११ जना कुचीकार माग गरेको छ ।
इच्छुक र योग्य नेपालीले मंसिर २७ गतेदेखि माघ ७ गतेसम्म देशभरबाट आवेदन दिन सक्नेछन् ।