• असार ३ २०८२, मंगलवार

भुटानी राजा जिग्मे खेसार स्वयम्भूमा

मंसिर २१ २०८१, शुक्रबार

काठमाडौँ । भुटानी राजा जिग्मे खेसार नाम्ग्याल वाङ्चुक शुक्रवार काठमाडौँ आएका छन् । शुक्रवार बिहान भारतबाट काठमाडौँ ओर्लिएका नाम्ग्याल अहिले स्वयम्भूनाथ अवलोकन गरिरहेका छन् ।

निजी भ्रमणको सिलसिलामा नेपाल आएका उनी स्वयम्भूनाथको अवलोकनपछि बौद्धनाथ पुग्नेछन् । स्वयम्भूनाथ र बौद्धनाथको अवलोकन दर्शन सकेर उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै शुक्रवार नै स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

नेपालमा रहँदा उनले कसैसँग औपचारिक भेटघाटको कार्यक्रम नरहेको सुरक्षा स्रोतले जनाएको छ ।