• चैत्र १८ २०८१, मंगलवार

कसले दिन्छ नेपाललाई धेरै ऋण ?

मंसिर २० २०८१, बिहीबार

२० मंसिर, काठमाडौं । चालु आर्थिक वर्ष २०८१र८२ को पहिलो चौमासिक (साउन–कात्तिक) सम्म नेपालले तिर्न बाँकी सार्वजनिक ऋण २५ खर्ब नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार यस अवधिसम्म नेपालले तिर्न बाँकी ऋण २५ खर्ब १८ अर्ब ५ करोड रुपैयाँ पुगेको हो । गत आव (असार मसान्त) सम्म सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब रुपैयाँ थियो । सार्वजनिक ऋणमध्ये १२ खर्ब ५२ अर्ब रुपैयाँ आन्तरिक ऋण र १२ खर्ब ६५ अर्ब रुपैयाँ वाह्य ऋण दायित्व छ ।

नेपालले आन्तरिक रूपमा उठाउने सार्वजनिक ऋण ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र मार्फत उठाउने गर्छ । वाह्य ऋण भने नेपालले द्विपक्षीय (मुलुक) वा बहुपक्षीय निकायबाट लिने गर्छ । कार्यालयका अनुसार वाह्य ऋण प्राप्तिका सम्बन्धमा कारोबार मुद्रा प्राप्त भएको मितिको विनिमय दर (खरिद दर) का आधारमा नेपाली मुद्रामा परिवर्तन गरी लेखांकन गरिन्छ ।

ऋणको साँवा, ब्याज तथा रकम भुक्तानीका आधारमा कारोबार मुद्रामा भुक्तानी गरी सोही दिनको विनिमय दर (बिक्री दर) अनुसार नेपाली मुद्रामा परिणत गरी लेखांकन गर्ने गरिन्छ । देशभन्दा बहुर्राष्ट्रिय निकायबाट लिइन्छ धेरै ऋण
गत आव २०८०र८१ सम्मको तथ्यांक अनुसार नेपालले ८८. ‍‍९८ प्रतिशत ऋण बहुपक्षीय निकायबाट लिएको छ । कुनै पनि मुलुकबाट लिएको ऋणको हिस्सा ११.०२ प्रतिशत हाराहारी मात्र छ ।

गत असारसम्म वाह्य ऋण १२ खर्ब ५३ अर्ब रुपैयाँ थियो । त्यसमध्ये बहुपक्षीय निकायबाट ११ खर्ब १५ अर्ब लिइएको थियो । विभिन्न देशबाट भने १ खर्ब ३८ अर्ब रुपैयाँमात्र लिएको तथ्यांक छ । यसआधारमा नेपालले देशभन्दा बढी विश्व बैंक, एसियाली विकास बैंक (एडीबी), अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ), युरोपियन इन्भेस्टमेन्ट बैंक (ईआईबी), इन्टरनेसनल फन्ड फर एग्रिकल्चरल डेभलपमेन्ट (आईएफएडी) जस्ता बहुपक्षीय निकायबाट बढी ऋण लिने गरेको देखिन्छ ।

पछिल्लो पाँच वर्षको प्रवृत्र् हेर्दा पनि देशहरूबाट लिने ऋण हिस्सा बढेको देखिन्न ।
वैदेशिक ऋण अनुपात प्रवृत्र् (प्रतिशतमा)आव २०७६र७७ २०७७र७८ २०७८र७९ २०७९र८० २०८०र८१
बहुपक्षीय ८८.०१ ८७.९४ ८७.१९ ८८ ८८.९८
द्विपक्षीय ११.९९१२.०६ १२.८१ १२ ११.०२
को हुन् नेपालका ठूला साहु ?
वैदेशिक ऋण दायित्वतर्फ हेर्दा नेपालले कुल १७ दातृ निकायबाट ऋण लिएको देखिन्छ । बहुपक्षीय ऋण दायित्वतर्फ ८८.९८ प्रतिशत हिस्सा विश्व बैंक अन्तर्गतको इन्टरनेसनल डेभलपमेन्ट एसोसिएसन (आईडीए) र एडीबीबाट लिएको देखिन्छ । द्विपक्षीय ऋणतर्फ जापान, चीन र भारतको हिस्सा अधिक छ । आव २०८०र८१ सम्म सबैभन्दा धेरै आईडीएबाट ऋण लिइएको छ । आईडीएसँग नेपालको ऋण ६ खर्ब १२ अर्ब ३३ करोड छ । जुन कुल वाह्य ऋणको ४८.८६ प्रतिशत हो । त्यस्तै एडीबीसँग नेपालको ऋण ४ खर्ब ६ अर्ब रुपैयाँ बराबर छ । जुन ३२.४० प्रतिशत हुन आउँछ । आईएमएफबाट ६३ अर्ब २७ करोड बराबर ऋण लिइएको छ । यीबाहेक अन्य निकायको ऋण भने नगन्य छ ।