• असार ३ २०८२, मंगलवार

नेपालले बीआरआई सहर्ष स्वीकार गरेको चिनियाँ विदेश मन्त्रालयको भनाई

मंसिर २० २०८१, बिहीबार

काठमाडौं । चीनले आफ्नो रणनीतिक विकास योजना बेल्ट एन्ड रोड परियोजनालाई नेपालले सहर्ज स्वीकारेको जनाएको छ ।
नेपालका प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका बेला राष्ट्रपति सी चिङफिङ र प्रधानमन्त्री ली छ्याङबीचको उच्चस्तरिय भेटवार्तामा दुई राष्ट्रबीचको सम्बान्धलाई थप उचाईमा पुर्याउने र चीनको विकास साझेदारी कार्यक्रम बीआरआईलाई आत्मसात गरेर जाने सहमति भएको चिनियाँ विदेश मन्त्रालयले जनाएको हो ।

गत सोमबार प्रधानमन्त्री ओली ८७ जना नेपाली जम्बो टोलिको नेतृत्व गर्दै चीन भ्रमणमा गएका थिए । मंसिर १८ गते अर्थात् मंगलबार चिनियाँ राष्ट्रप्रमुख सी चिङफिङसहित समकक्षी प्रधानमन्त्री ली छ्याङसँग प्रधानमन्त्रीले भेटवार्ता गरेका थिए ।

सो क्रममा नेपाल र चीनबीच विभिन्न ८ वटा मुद्दामा सहमति भएको थियो । सोही सहमति अन्तर्गत नेपालले चिनियाँ विकास रणनीतिक कार्यक्रम बीआरआईलाई आत्मसात गर्दै सहकार्य गरेर अघि जाने सहमति गरेको चिनियाँ विदेश मन्त्रालयले सार्वजनिक गरेको छ ।

त्यसो त बिहीबार बिहान नेपाल प्रस्थान गरेका प्रधानमन्त्री काठमाडौं नओर्लिंदै चिनियाँ विदेश मन्त्रालयले नेपालले बीआरआईलाई सहर्ज स्वीकार्यको वक्तव्य जारी गरेको छ ।

‘नेपाल बेल्ट एन्ड रोड सहकार्यमा सक्रिय रूपमा सहभागी हुन तयार छ’ चीन स्थित विदेश मामला हेर्ने विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।