• फाल्गुन ३० २०८१, शुक्रबार

धुलोबाट देखिने समस्या र बच्ने उपाय

मंसिर २० २०८१, बिहीबार

समस्या
-धुवाँ–धुलोले सबैभन्दा बढी असर पैदलयात्रुलाई पारेको हुन्छ ।

-दीर्घरोगीका लागि त यसको प्रभाव अझ बढी हानिकारक हुन्छ ।

-मुटु, मिर्गौला, आँखा र दमका रोगीलाई धुलोको असर तत्काल देखिने गर्छ ।यसको असर अझ बढी आँखामा पर्ने गर्छ ।

-आँखालाई धुलोबाट नबचाउँदा फुट्ने, आँखा देख्न बन्द हुनेजस्ता समस्या आउँछ ।

-धुवाँ–धुलोकै कारण आँखा चिलाउने, इन्फेक्सन हुनेजस्ता समस्या देखा पर्छ ।

कसरी बच्ने?
-बाहिर हिँड्दा मास्कको अनिवार्य प्रयोग गर्नुपर्छ ।

-सामान्य मास्कले पूरै धुलो छेक्न सक्दैन, त्यसैले राम्रो मास्क प्रयोग गर्नुपर्छ ।

-आँखा, टाउकोलाई सुरक्षित राख्न चस्मा र स्कार्फ लगाउनु उत्तम हुन्छ ।

-बाहिरबाट घर फर्किएपछि सबैभन्दा पहिले साबुनपानीले राम्रोसँग हात–मुख धुनुपर्छ ।

-साबुनपानीले हात धुँदा हाम्रो हातमा रहेका ८० प्रतिशत कीटाणु नष्ट हुन्छन् ।

-विभिन्न सरुवा रोग सर्ने माध्यम धुवाँ–धुलो नै बन्ने गरेको छ ।

-यसकारण घर छिर्नुभन्दा पहिले हात–मुख राम्रोसँग धोएर जानुपर्छ ।