• असार ३ २०८२, मंगलवार

माओवादी केन्द्र पदाधिकारी बैठक बस्दै,यस्ता विषयमा छलफल हुँदै

मंसिर २० २०८१, बिहीबार

काठमाडौं ।  नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैछ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बिहान साढे ८ बजे आफ्नै निवास खुमलटारमा बस्ने गरी बैठक आह्वान गरेको उनको सचिवालयले जनाएको छ ।

बैठकमा स्थानीय तह उपनिर्वाचन, पार्टीको केन्द्रीय समिति बैठकको तयारी, भ्रातृ संगठन अखिल क्रान्तिकारीको स्थगित २३ औँ राष्ट्रिय सम्मेलन लगायत विषयमा छलफल हुने बताइएको छ ।