मंसिर १९, काठमाडौं । बीआरआई फ्रेमवर्कमा दुई मुलुकबीच हस्ताक्षर भएसँगै सोअन्तर्गत विभिन्न परियोजनाहरू चयन भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा बेल्ट एण्ड रोड इनिसियिटभ (बीआरआई) सहकार्य फ्रेमवर्कमा हस्ताक्षर भएको हो । हस्ताक्षर भएसँगै फ्रेमवर्कभित्र विभिन्न दश परियोजना समावेश भएका छन् ।
ती परियोजनाहरूमा टोखा–छहरे टनेल, हिल्सा–सिमिकोट सडक योजना, किमाथांका–खाँदबारी सडक र पुल, जिलोङ–केरुङ–काठमाडौं रेलमार्ग, अमरगढी सिटी हल प्रोजेक्ट, जिलुङ–रसुवागढी–चिलिमे २२० केभी प्रसारण लाइन, मदन भण्डारी प्राविधिक विश्वविद्यालय, काठमाडौं साइन्टिफिक सेन्टर र साइन्स म्युजियम, चीन–नेपाल औद्योगिक पार्क दमक र झापा स्पोट्र्स एन्ड्स एथ्लेटिक्स कम्पलेक्स रहेका छन् ।
सहायता शब्द राखेर फ्रेमवर्कलाई दुवै मुलुकले हस्ताक्षर गरेपछि फ्रेमवर्कभित्र परेका परियोजनाहरू ऋण वा अनुदान सहायतामा बन्ने हुन् भन्नेबारे केही खुलेको छैन ।
बेइजिङमा बुधबार दिउँसो भएको फ्रेमवर्क सम्झौतामा नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका कामु सचिव अमृतबहदुर राई र चीनका तर्फबाट चीनका नेशनल डेभलपमेन्ट एण्ड विकास रिफर्म कमिशनका उपाध्यक्ष लिउ सुशेले हस्ताक्षर गरेका थिए । सहायता शब्द राखेर फ्रेमवर्कलाई दुवै मुलुकले हस्ताक्षर गरेपछि फ्रेमवर्कभित्र परेका परियोजनाहरू ऋण वा अनुदान सहायतामा बन्ने हुन् भन्नेबारे केही खुलेको छैन ।
यी हुन् फ्रेमवर्कभित्र परेका परियोजना
टोखा–छहरे टनेल
हिल्सा–सिमिकोट सडक योजना
किमाथांका–खाँदबारी सडक र पुल
जिलोङ–केरुङ–काठमाडौं रेलमार्ग
अमरगढी सिटी हल प्रोजेक्ट
जिलुङ–रसुवागढी–चिलिमे २२० केभी प्रसारण लाइन
मदन भण्डारी प्राविधिक विश्वविद्यालय
काठमाडौं साइन्टिफिक सेन्टर र साइन्स म्युजियम
चीन–नेपाल औद्योगिक पार्क दमक
झापा स्पोट्र्स एन्ड्स एथलेटिक्स कम्पलेक्स
नेपालले प्रस्ताव गरेको फ्रेम वर्कमा अनुदानमा बीआरआई कार्यान्वयन गर्न सकिने उल्लेख थियो । तर, चीनले अनुदानमा मात्र बीआरआई कार्यान्वयन गर्न नसकिने भन्दै नेपालको प्रस्ताव अस्वीकार गरेको थियो । दुई पक्षीय सघन वार्तामा फ्रेम वर्कमा नेपालले लेखेको अनुदान शब्दलाई हटाएर सहायता शब्द राख्ने सहमति जुटेसँगै हस्ताक्षर भएको हो ।
बीआरआई परियोजनाअन्तर्गत ऋण समेत लिन सकिने गरी फ्रेम वर्कमा दुई पक्षले हस्ताक्षर गरेका हुन् । हस्ताक्षरसँगै नेपालले कुनै पनि चिनियाँ परियोजनामा ऋण र सहायता दुवै लिन बाटो खुलेको छ