• मंसिर २० २०८१, बिहीबार

दर्ता प्रमाणपत्र र बिलबिजक नराखी सञ्चालन गर्ने इलेक्टोनिक्स पसललाई एक लाख जरिवाना

मंसिर १९ २०८१, बुधबार

काठमाडौँ । खरीद बिलबिजक र दर्ता प्रमाणपत्र नराखी सञ्चालन गरिएको एक इलेक्ट्रोनिक्स पसललाई एक लाख रुपैयाँ जरिवाना गराइएको छ । मंगलबार बजार अनुगमनमा गएको वाणिज्य विभागको टोलीले ललितपुर महानगरपालिका १ बखुण्डोलस्थित नेपाः हिमा ट्रेड लिङ्क प्रालिलाई जरिवाना तिराएको हो ।

यसैगरी अर्को खरीद बिलबिजक नराख्ने ललितपुर महानगर १० को अर्गानिक कटन एण्ड बेड सिट हाउसलाई २० हजार जरिवाना गरिएको विभागले जनाएको छ । विभागको टोलीले मंगलबार विभिन्न १७ वटा फर्ममा अनुगमन गरेको थियो । जसमध्ये नियम विपरीत सञ्चालन गर्दै आएका दुई फर्मलाई जरिवाना तीन वटालाई कागजातसहित उपस्थित हुन र अन्य १२ फर्मलाई सामान्य निर्देशन दिएको विभागले जनाएको छ ।