मंसिर १९, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को बुधबारको पहिलो खेलमा कर्णाली याक्सले काठमाडौं गोर्खाजलाई १५० रनको लक्ष्य दिएको छ । टस हारेर कर्णालीले पहिला ब्याटिङको निम्तो पाएको थियो ।
पहिलो ओभरमै ओपनर देव खनाललाई गुमाएपछि संकटमा परेको कर्णालीलाई एक इन्डबाट शिखर धवनले उकासे । उनले ७२ रन बनाएपछि कर्णाली ५ विकेटको क्षतिमा १४९ रन बनायो । धवनले ५ छक्का र ४ चौका प्रहार गरे ।
धवन जारी एनपीएलमा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । पहिलो खेलमा जनकपुरका लागि लाहिरु मिन्थालाले पनि ७२ रन बनाएका थिए । कर्णालीले अन्तिम पाँच ओभरमा ५८ रन बनायो ।