काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बुधबार पेकिङ विश्वविद्यालयमा ‘नेपाल चीन सम्बन्धका विविध आयाम’ बारेमा सम्बोधन गर्ने कार्यक्रम छ।
परराष्ट्र मन्त्रालयका अनुसार चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले आजै नेपाल उद्योग वाणिज्य महासङ्घ र चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेडले संयुक्त रूपमा आयोजनामा गर्ने नेपाल–चीन व्यापार मञ्चलाई पनि सम्बोधन गर्नेछन्।
प्रधानमन्त्री ओलीले मङ्गलबार राष्ट्रपति सी चिनफिङसँग शिष्टाचार भेट गरेका थिए। सोही दिन उनले आफ्ना समकक्षी ली छ्याङ तथा चिनियाँ जनकङ्ग्रेसका अध्यक्ष झाओ लेजीसँग बेग्लाबेग्लै भेटवार्ता गरे। दुवै देशका प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलबीच ग्रेट हल अफ द पिपलमा वार्तापछि पारस्परिक सहयोग आदानप्रदानसम्बन्धी नौ वटा सहमतिपत्रमा हस्ताक्षर भएका थिए।