• मंसिर १९ २०८१, बुधबार

यू–१९ एसिया कपमा नेपालको सान्त्वना जित, अफगानिस्तान एक विकेटले पराजित

मंसिर १८ २०८१, मंगलवार

१८ मंसिर, काठमाडौं । यूएईमा जारी एसिसी यू–१९ एसिया कप क्रिकेटमा नेपालले सान्त्वना जित हासिल गरेको छ । मंगलबार भएको खेलमा नेपालले अफगानिस्तानलाई एक विकेटले हराएको हो । अफगानिस्तानले दिएको १२४ रनको लक्ष्य नेपालले ४१.३ ओभरमा ९ विकेटको क्षतिमा भेट्टायो । नेपालका लागि नरेन साउदले सर्वाधिक २६ रन बनाए । अर्जुन कुमालले २१ रन बनाए । कप्तान हेमन्त धामी २२ रनमा नटआउट रहे । ८५ रनमा ८ विकेट गएपछि क्रिजमा आएका हेमन्तले चौका प्रहार गरी खेल जिताए ।

अफगानिस्तानका अलाह गजनफर र खतिर स्टानिकजाइले ३९३ विकेट लिए भने अब्दुल अजिज र महबुब खानले १९१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ३५।४ ओभरमा अलआउट हुँदै १२३ रन बनाएको थियो । उसका फेसल शिनोजादाले सर्वाधिक ५२ रन बनाए । नेपालका सन्तोष यादव र युनिश ठकुरीले ३९३ विकेट लिए भने हेमन्त धामी र अभिषेक तिवारीले २९२ विकेट लिए । नेपाल र अफगानिस्तान यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेका छन् । नेपाल पहिलो खेलमा श्रीलंका तथा दोस्रो खेलमा बंगलादेशसँग पराजित भएको थियो ।