• असार ३ २०८२, मंगलवार

सियोले घोचेर उपचार गर्ने विधि

मंसिर १८ २०८१, मंगलवार

काठमाडौँ । नेपालमा पछिल्लो समय अकुपञ्चर विधिबाट उपचारमा गराउने सङ्ख्या बढ्दै गएको छ । यस उपचार विधिमा चाइनिज मेडिसिनको सिद्धान्त अनुसार शरीरका विभिन्न भागका विन्दुहरू पहिचान गरी सियोले घोचेर उपचार गरिन्छ ।

अकुपञ्चर विशेषज्ञ डा। सुरज कर्माचार्यका शरीरका ३ सयभन्दा बढी बिन्दुमा सियोले घोचेर उपचार गर्न सकिन्छ । त्यसका लागि पछिल्लो पटक एक हजारभन्दा बढी बिन्दु पत्ता लगाई सकिएको छ । ‘यसको पछाडि चाइनिज मेडिसिनको आफ्नै सिद्धान्त छ । त्यो सिद्धान्त अनुसार हाम्रो शरीरमा यस्ता केही बिन्दु पत्ता लगाइएका छन्, जसमा हामीले अकुपञ्चरको नियम अनुसार उपचार गर्न जान्यो भने धेरै किसिमका रोगको उपचार गर्न तथा निको पार्न सकिन्छ,’ उनले रातोपाटीसँग भने ।