• असार ४ २०८२, बुधबार

प्रम ओली र चिनियाँ समकक्षी लीबीच भए नौबुँदे सहमति, छैन बीआरआईकाे प्रसंग

मंसिर १८ २०८१, मंगलवार

काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओली र चिनियाँ समकक्षीबीच नौबुँदे सहमति भएको छ । प्रम ओली र चिनियाँ समकक्षी ली छ्याङले मंगलबार भेटवार्ता र कुराकानी गरेपछि विभिन्न नौवटा विषयमा सहमति भएसँगै हस्ताक्षर गरेका हुन् ।

त्यसअघि प्रधानमन्त्री ओलीलाई चिनियाँ समकक्षी लीले ग्रेट हल अफ पिपलमा स्वागत गरेका थिए । प्रधानमन्त्री ओलीको सम्मानमा चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ समेत प्रस्तुत गरेको थियो ।

प्रम ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सोमबार चीनको औपचारिक भ्रमणका लागि बेइजिङ पुगेको थियो । प्रधानमन्त्री नेतृत्वको भ्रमण टोलीमा रहेका एक सरकारी अधिकारीहरुका अनुसार नेपाल र चीनबीच टोखा छहरे सुरुङमार्ग सम्बन्धी पत्रको आदानप्रदान, नेपाल चीन व्यापार अभिवृद्धि सम्बन्धी समझदारी पत्र, नौ तले बसन्तपुर दरबार पुनर्निर्माण सम्पन्न सम्बन्धी प्रमाणपत्र आदानप्रदान, फर्मली प्रोसेस्ड बफेलो मिट निर्यात सम्बन्धी प्रोटोकल, विकास योजना सम्बन्धी समझदारी पत्र, आर्थिक तथा प्राविधिक सहयोग सम्बन्धी समझदारी पत्र, नगद सहयोग सम्बन्धी पत्र आदानप्रदान, स्वयमसेवी चिनियाँ भाषा शिक्षक सम्बन्धी समझदारी पत्र र नेपाल टेलिभिजन र चाइना मिडिया ग्रुपबीच सञ्चार प्रविधि सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।