• फाल्गुन २९ २०८१, बिहीबार

सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

मंसिर १८ २०८१, मंगलवार

१८ मङ्सिर, काठमाडौं । मंगलबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य बढेर तोलामा १ लाख ५० हजार ३०० रुपैयाँ कायम भएको हो ।
अघिल्लो दिन छापावाल सुनको मूल्य तोलामा १ लाख ४९ हजार ३०० रुपैयाँ कायम थियो ।

यसैगरी मंगलबार चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा १ हजार ८१५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा १ हजार ८४५ रुपैयाँ कायम भएको हो ।