• असार ४ २०८२, बुधबार

आज ३३औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइँदै, विश्वमा अपाङ्गताहरूको संख्या कति ?

मंसिर १८ २०८१, मंगलवार

काठमाडौं ।  अपाङ्गता भएका व्यक्तिहरूको ३३औँ अन्तर्राष्ट्रिय दिवस आज विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्र संघले सन् १९९२ बाट हरेक वर्ष ३ डिसेम्बरमा अन्तर्राष्ट्रिय अपांगता दिवस मनाउने घोषणा गरेको थियो ।

संयुक्त राष्ट्रसंघले यस वर्षको नारा ‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिको प्रवल नेतृत्व यसको आधार’ भन्ने तय गरेको छ ।

नेपालमा पनि सोही नारासहित देशभरका विभिन्न सरकारी तथा गैरसरकारी सरोकार भएका निकायले जनचेतनामूलक कार्यक्रम गरी यो मनाउँदै छन् । दिवसका सन्दर्भमा यसैबमोजिम अन्तर्राष्ट्रिय र राष्ट्रिय नाराको प्रयोग गर्नरगराउन सरकारले आह्वान गरेको छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा कूल जनसङ्ख्याको १६ प्रतिशत अपाङ्गता भएका व्यक्ति छन् ।