• मंसिर १९ २०८१, बुधबार

खाली पेटमा चिया पिउनुका बेफाइदा यस्ता छन्

मंसिर १८ २०८१, मंगलवार

दिनको शुरुवात चियाबाट गर्ने धेरैको बानी हुनसक्छ  । प्रायः मानिसको बेड टि खाने बानी हुन्छ ।

खाली पेटमा चिया पिउनु स्वास्थ्यका लागि धेरै हानिकारक हुन्छ भन्ने कुरा तपाईं थाहा छ ? खाली पेटमा चिया पिउँदा कस्ता बेफाइदा हुन्छन् भन्ने बारेमा केही जानकारीः

हाई ब्लड प्रेशर
हाई ब्लड प्रेशरको समस्या भएका मानिसले बेड टी कहिल्यै पिउनु हुँदैन । यसमा समावेश क्याफिन शरीरमा घुल्नासाथ ब्लड प्रेशर बढ्छ, जसले भविष्यमा मुटु सम्बन्धि रोगको खतरा उत्पन्न हुन्छ ।

तनाव
प्रायः हामी टेन्सन अर्थात तनाव कम गर्नका लागि बिहान चिया पिउँछौ । तर बिहान खाली पेटमा चिया पिउनाले तनाव झन् धेरै बढ्छ । वास्तवमा चियामा क्याफिनको मात्रा धेरै हुन्छ, जसले निद्रा भगाउँछ । तर विशेषज्ञका अनुसार चिया पिउनाले तनाव झन् धेरै बढ्छ ।

पाचनमा प्रभाव
बिहान खालि पेटमा चिया पिउनु पाचनका लागि राम्रो मानिँदैन । बिहान खाली पेटमा चिया पिउनाले पेटमा ग्यासको समस्या उत्पन्न हुन्छ र पाचन प्रणाली पनि सुस्त हुन्छ ।

मधुमेह
बिहान खाली पेटमा चिया पिउनाले ब्लड शुगर अर्थात मधुमेह बढ्छ । यसो हुँदा शरीरका विभिन्न कोशिकालाई आवश्यक न्यूट्रिएन्ट प्राप्त हुँदैन । बिहान खाली पेटमा चिया पिउनाले मधुमेह हुने खतरा बढ्छ ।

अल्सर
यदि तपाईं बिहान खाली पेटमा चिया पिउनु हुन्छ भने आजैदेखि यो बानीलाई त्याग्नु पर्छ । बिहान खाली पेटमा चिया पिउनाले पेटका भित्रि अंगहरुमा चोट लाग्छ र अल्सर हुन खतरा बढ्छ ।