• मंसिर १७ २०८१, सोमबार

पाकिस्तानी बलर तनभिरले ध्वस्त बनाए काठमाडौंको ब्याटिङ

मंसिर १७ २०८१, सोमबार

मंसिर १७,, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो खेलमा सोमबार बागमती प्रदेशका दुई टिम चितवन राइनोज र काठमाडौं गोर्खाज भिडिरहेका छन् ।

त्रिवि मैदान कीर्तिपुरमा टस जितेर चितवनले पहिला बलिङ गर्दै काठमाडौंलाई १११ रनमा रोकेको छ । काठमाडौंले ९ विकेटमा सो रन बनाएको हो । त्रिवि मैदान बिहान ब्याटिङका लागि गाह्रो हुने देखिएको छ । पहिलो खेलमा पनि त्यस्तै भएका थिए ।

चितवनका पाकिस्तानी बलर सोहेल तनभिरले ५ विकेट लिएपछि काठमाडौंको ब्याटिङ लाइन ध्वस्त भएको हो । उनले विस्फोटक ब्याटिङ गरिरहेका डच खेलाडी माइकल लेभिट, स्टेफन स्केन्जाइ, भीम सार्की, करण केसी, र साहब आलमको विकेट लिए ।

यस्तै चितवनका कप्तान कुशल मल्ल, रिजन ढकाल, अमर रौटेला र लुक बेनकेस्टाइनले एक एक विकेट लिए । काठमाडौंका लागि सुमित महर्जनले सर्वाधिक २९ रन बनाए ।