जाडो मौसम नजिकिँदै गर्दा धेरैलाई खुट्टा फुट्ने समस्या हुन्छ । यो कहिलेकाहीँ पीडादायी पनि हुन सक्छ। खुट्टाको छाला सुक्खा, बाक्लो र चर्किएपछि फुट्न सक्छ।
भिटामिन र खनिज, विशेष गरी ओमेगा-३ फ्याटी एसिड, जिंक, र भिटामिन ए र ईको कमीले छालालाई सुख्खा बनाउन सक्छ । खुट्टाको नियमित हेरचाह नगर्दा छालामा मृत कोशिका जम्मा हुन थाल्छ, जसले गर्दा चर्किने सम्भावना बढ्छ ।
चिसोले खुट्टा फुट्यो भने यस्ता छन् बच्ने उपाय:
जाडो समयमा हात बारम्बार सुख्खा हुनु स्वभाविक हुन्छ । हातमा कम तैलीय ग्रन्थी भएका कारण यस्तो हुन्छ । कपडा र भाडा धुँदा हातको अवस्था झन् खराब हुन्छ । यस्तो स्थितिमा हातलाई नियमित रुपमा एक्सफोलियट र मोश्चराइजर गर्नुपर्छ । हातमा लगाउन कतिपय प्याक घरमै पनि बनाउँन सकिन्छ ।
आफ्नो खुट्टालाई १५-२० मिनेटको लागि तातो पानीमा भिजाउने गर्दा यसले छालालाई नरम बनाउँछ । त्यसपछि प्युमिस स्टोनले हिल्सलाई बिस्तारै स्क्रब गर्ने।
एक्सफोलिएट गरेपछि खुट्टामा बाक्लो मोइस्चराइजर लगाउने । यदि यसको माथि पेट्रोलियम जेलीको लेयर लगाउँदा यो अझ प्रभावकारी हुनेछ।
युरिया वा सेलिसिलिक एसिड भएको क्रिम वा बाम प्रयोग गर्ने, यी तत्त्वहरूले बाक्लो छाला भत्काउन मद्दत गर्दछ।
मोइस्चराइजर लगाएपछि राती सुती मोजा लगाउनुपर्छ । यसले नमी बाहिर राख्न मद्दत गर्नेछ।
ग्लिसिरिन र गुलाब जलको मिश्रणलाई एउटा बोत्तलमा भरेर फ्रिजमा राख्नुस् र कुनै पनि काम गर्नुअघि यो मिश्रणलाई हातमा लगाएर मसाज गर्नुस् । नियमित प्रयोग गर्ने हो भने तपाईंको हात पूरानै स्थितिमा फर्कनेछ ।
यदि कसैको हिल निको भइरहेको छैन वा दुखाइको अनुभव भएको छ भने तुरुन्तै छाला विशेषज्ञको सल्लाह लिनु पर्छ । -एजेन्सी