• फाल्गुन २७ २०८२, बुधबार

जाजरकोटको कुशे गाउँपालिका-७ मा माओवादी केन्द्रको अग्रता

मंसिर १६ २०८१, आईतवार

काठमाडौँ । जाजरकोटको कुशे गाउँपालिका-७ मा मतगणना जारी छ । आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनको जारी मतगणनामा माओवादी केन्द्रले अग्रता कायम गरेको हो ।

सुरुवाती अग्रता बनाएका नेपाली कांग्रेसका उम्मेदवारलाई पछि पार्दै माओवादीका उम्मेदवारले अग्रता कायम गरेका हुन् । यहाँ माओवादी केन्द्रले २२२ मत ल्याएको छ ।

यस्तै कांग्रेसले २१६, नेकपा एमालेले १५० मत ल्याएको छ । राप्रपाले ५ मत ल्याउँदा १० मत बदर भएका छन् ।