सुर्खेत । कालिकोटको तिलागुफा नगरपालिका-४ को वडा अध्यक्षमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का खड्कराज शाही निर्वाचित भएका छन् ।
उनी १४३ मत ल्याएर वडाध्यक्षमा विजयी भएको कालिकोटका निमित्त जिल्ला निर्वाचन अधिकारी धनबहादुर मल्लले जानकारी दिए ।
यहाँ एकीकृत समाजवादीको साथ पाएको माओवादीका नैशोभा शाहीले ११५, एमालेबाट ऐनबहादुर शाहीले ७८, कांग्रेसबाट पैलनबहादुर शाहीले ४९ मत पाएका छन् ।
यस्तै राप्रपा १५, स्वतन्त्रले ५ र ४ मत बदर रहेका छन् । यहाँ ४११ मत खसेको थियो । यहाँ यसअघि माओवादीले जितेको थियो ।