काठमाडौं । हलमा रुचाइएको फिल्म ‘खुस्मा’ ओटीटी प्लाटफर्ममा रिलिज भएको छ । एमएसएम भिडियोले शुक्रबारदेखि धीरज मगर र उपासनासिंह ठकुरी स्टारर फिल्मलाई स्ट्रिमिङ थालेको हो । केही सातादेखि ‘बेहुली फ्रम मेघौली’, ‘दिमाग खराब’, ‘महाजात्रा’, ‘घर ज्वाइँ’, ‘अगस्त्य’, र ‘फर्की फर्की’ यो प्लाटफर्ममा रिलिज भैसकेका छन् । अशोक थापा निर्देशित यो फिल्मले रुकुमको परिवेश सशष्त्र युद्धकालिन कथा भन्छ । फिल्मको चर्चित गीत ‘रुकुम मैकोट’ डेढमहिना युट्युवको ग्लोबल ट्रेन्डिङमा स्ट्रिमिङ भएको थियो ।
यो गीतले ग्लोबल ट्रेन्डिङमा लामो समय स्ट्रिमिङ हुने नेपाली गीतको रेकर्ड समेत राखेको थियो । फिल्ममा माओत्से गुरुङ, सुजाता राई, अस्तित्व भट्टचन लगायतका कलाकारको अभिनय छ । हल र विदेशमा प्रदर्शनमा आएको केही महिनाको अन्तरालमा ओटीटीमा आएको फिल्मलाई नेटिजन दर्शकले अनुकूलताअनुसार हेर्न सक्नेछन् । दशैं टीकाको अघिल्लो दिनदेखि सेवा थालेको यो ओटीट प्लाटफर्मलाई अहिलेसम्म २ लाखले डाउनलोड गरिसकेका छन् । ‘बेहुली फ्रम मेघौली’लाई यो प्लाटफर्ममा निकै रुचाइएको थियो ।