काठमाडौँ । स्थानीय तह उपनिर्वाचन अन्तर्गत ६० प्रतिशतभन्दा बढी मत खस्ने निवमाृचन आयोगले अनुमान गरेको छ । निर्वाचन आयोगका एक अधिकृतका अनुसार ६० प्रतिशत बढी मत खस्ने अनुमान गरिएको हो ।
‘आयोगले मतदानको रेसियो हेर्दा ६० प्रतिशत बढि मत खस्ने अनुमान गरिएको छ’ उनले भने । दिउँसो १ बजेसम्म समग्रमा ४५ प्रतिशत मतदान सम्पन्न भइसकेको छ । निर्वाचन आयोगका अनुसार सबै स्थानमा मतदाताहरु उत्साहजनक रुपमा सहभागी भइरहेका छन् र अहिलेसम्म सवै स्थानमा शान्तिपुर्ण ढंगले मतदान पनि भइरहेको छ ।
यो उपनिर्वाचनमा २ लाख २६ हजार ७९९ मतदाताले मताधिकार प्रयोग गर्दैछन् । नगरपालिका प्रमुख, उपप्रमुख, गाउँपालिका प्रमुख, उपप्रमुख र वडाध्यक्षका लागि ४१ पदमा मतदान भइरहेको छ । यो उपनिर्वाचनमा ३७६ जना उम्मेदवार मैदानमा छन् । उपनिर्वाचनका लागि १६२ मतदानस्थल र २९३ मतदान केन्द्र तोकिएको छ ।