• असार ४ २०८२, बुधबार

रोल्पाको सुनछहरीमा पुल निर्माणका क्रममा पहिरोले पुरिएर चार जनाको मृत्यु, एक बेपत्ता

मंसिर १६ २०८१, आईतवार

रोल्पा । रोल्पामा झोलुङ्गे पुल निर्माण गर्ने क्रममा पहिरोले पुरिएर चार जनाको मृत्यु भएको छ । घटनामा परी एक जना बेपत्ता भएका छन् । मृत्यु हुनेमा दुई पुरुष र दुई महिला रहेका छन् ।

जिल्लाको सुनछहरी गाउँपालिका–३ मौलाबाङ र बाहिरी गाम जोड्ने झोलुङ्गे पुल निर्माणको लागि खाल्डोमा काम गर्दै गरेका कामदारलाई पहिरोले पुरेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता रोहितकुमार शाहीले जानकारी दिएका छन् ।

बेपत्ता एक जनाको खोजी भइरहेको प्रवक्ता शाहीले बताए । मृतकहरुको पहिचान हुन बाँकी छ ।