• असार ४ २०८२, बुधबार

कीर्तिपुरमा ११ हजार मतदाताले गरे मतदान

मंसिर १६ २०८१, आईतवार

काठमाडौं, मंसिर १६ । स्थानीय तहको उपनिर्वाचनमा कीर्तिपुर नगरपालिकामा ११ हजार मतदाताले मतदान गरेका छन् । आइतबार मध्यान्ह १२ बजेसम्म ११ हजार ३० जनाले मतदान गरेको निर्वाचन अधिकृत इन्दिरा कार्कीले जानकारी दिइन् । यहाँ ३१ हजार ११२ जना मतदाता छन् ।

जसअनुसार ३५.४५ प्रतिशत मतदान भएको हो । ५ हजार ८२१ जना पुरूष, ५ हजार २०८ जना र अन्य एक जनाले मतदान गरेका छन् ।कीर्तिपुरमा २० वटा मतदान स्थल र ३८ वटा मतदान केन्द्र छन् ।