काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वणर्िम वाग्लेले प्रधानमन्त्रीको आसन्न चीन भ्रमणका क्रममा नेपालले चीनबाट अधिकतम लाभ लिन सक्नुपर्ने बताएका छन् ।
शनिबार दमौलीमा आयोजित पार्टीको जिल्ला भेलामा उपसभापति वाग्लेले चीन मात्र नभई भारत लगायत बहुपक्षीय निकायबाट सहयोग लिनुपर्ने बताए ।
नेपालमा पूर्वाधारको अभाव खड्किएकाले सहयोगी निकायबाट अनुदान वा ऋण लिनुपर्ने डा. वाग्लेको भनाइ छ । “एक प्रतिशत ब्याज भए ऋण नै लिए पनि फरक पर्दैन । ३०/४० वर्षमा रकम फिर्ता गर्नुपर्ने प्रकृतिको ऋण भए स्वीकार्नुपर्छ,” उनले भने, “केही राजनीतिक दलले चीनबाट ऋण लिनै हुँदैन भन्ने प्रकृतिका अभिव्यक्ति दिनु अपरिपक्व छ । सन्तुलित र परिपक्व हिसाबले नेपाल अगाडि बढ्नुपर्छ ।”
उपसभापति वाग्लेले मिसन २०८४ को तयारीका निम्ति अहिलेदेखि नै लाग्नुपर्नेमा जोड दिए । उनले पार्टी सभापति रवि लामिछाने पक्राउपछि तयारीमा ढिलाइ हुँदा आसन्न उपनिर्वाचनमा केही ठाउँमा पार्टीका उमेदवार नउठाइएको प्रस्ट पारे ।