• मंसिर १४ २०८१, शुक्रबार

अछाममा प्रहरी निरीक्षक चन्दले आफैलाई हाने गोली, कारण भने खुल्न सकेन

मंसिर १४ २०८१, शुक्रबार

धनगढी । अछाममा नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) ले आफैमाथि गोली प्रहार गरेका छन् ।
तुर्माखाद गाउँपालिका–३ को भैरवस्थान प्रहरी चौकीका इन्चार्ज समेत रहेका प्रहरी सहायक निरीक्षक (असई) किसनबहादुर चन्दले बिहीबार राति आफैमाथि गोली प्रहार गरेको अछामका डीएसपी ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए ।

चन्द आफैले बोकेको पेस्तोलले बायाँ छातीको माथिल्लो भागमा प्रहार गरेको डीएसपी भण्डारीले जानकारी दिए ।
चन्दले बिहीबार राति साढे ९ बजेतिर प्रहरी चौकीमै आफैंमाथि गोली प्रहार गरेको पाइएको डीएसपी भण्डारीले पुष्टि गरे । चन्दको बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको जानकारी दिए ।

मेडिकल कलेजमा उपचाररत चन्द बोल्न सक्ने अवस्थामा रहेका छन् । घटनाबारे छानबिन गर्न इलाका प्रहरी कार्यालय कमलबजारका प्रमुख प्रहरी निरीक्षक हर्षबहादुर चन्दको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ ।

चन्दले गोली प्रहार गर्नुको कारण नखुलेको बताउँदै डीएसपी भण्डारीले छानबिन समितिले अध्ययन गरेपछि धेरै कुरा खुल्ने बताए ।