• मंसिर १३ २०८१, बिहीबार

आवश्यक परे सेना परिचालनको तयारी भइरहेको छ : गृहमन्त्री लेखक

मंसिर १३ २०८१, बिहीबार

गृहमन्त्री रमेश लेखकले आसन्न स्थानीय तहको उपनिर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न निर्देशन दिएका छन् ।

शुक्रबार भर्चुअल विधिबाट ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा समितिका पदाधीकारीसितको बैठकका क्रममा गृहमन्त्री लेखकले निर्वाचन सुरक्षालाई सामान्य रूपमा नलिनसमेत आग्रह गरे ।

निर्वाचन सुरक्षाका लागि आवश्यक परे नेपाली सेनासमेत परिचालन गर्न सक्ने विषयमा सरकारले तयारी गरेको बताउँदै उनले शान्ति सुरक्षाकै कारण निर्वाचन बिथोलिने स्थिति आउन नदिन आग्रह गरे ।

उनले सामाजिक सञ्जाल र डिजिटल मिडियाका माध्यमको दुरुपयोग बढेकोप्रति चिन्ता व्यक्त गर्दै सो नियन्त्रणका लागि प्रहरीको साइबर ब्युराले कारबाही अघि बढाइरहेको बताए ।