१२ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शर्मा ओलीको आसन्न चीन भ्रमणमा ४० सदस्यीय सरकारी टोली सहभागी हुने भएको छ ।
भ्रमणमा सरकारी टोलीका अतिरिक्त उद्योगी व्यवसायी पनि हुनेछन् । भ्रमण टोलीमा सहभागी हुने नेपाली टोलीको कूल संख्या यकिन भइसकेको छैन ।
परराष्ट्र स्रोतका अनुसार परराष्ट्रमन्त्री आरजु राणा देउवा बिहीबार चीन जानेछिन् । उनी शनिबार नेपाल फर्किएर पुनः सोमबार चीन प्रस्थान गर्ने कार्यतालिका बनेको छ ।
‘१५ मंसिरमा मन्त्री राणा देउवा नेपाल फर्केर १७ मंसिरमा प्रधानमन्त्री ओलीसँग राणा पुनः चीन जाने गरी कार्यतालिका बनेको छ,’ परराष्ट्र स्रोतले भन्यो ।
चिनियाँ राष्ट्रपति सी चिनफिङसँग १८ मंसिरमा भेट हुनसक्ने परराष्ट्र स्रोतले जानकारी गराएको छ । ‘प्रधानमन्त्री गएको भोलिपल्ट उच्चस्तरीय भेट हुनसक्छ । तर, औपचारिक तालिका आइसकेको छैन,’ परराष्ट्र स्रोतले भन्यो ।