नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)का पाइलटहरू नियमित उडानमा फर्किएका छन्। गत बिहीबारदेखि सेवा सुविधाको माग गर्दै उनीहरू बिरामी परेकोु वा अपर्झट भैपरी काम आइपरेकोु जनाउँदै हड्तालमा थिए ।
जसकारण निगमको अन्तर्राष्ट्रिय उडान प्रभावित बनेको थियो। मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले मन्त्रालयमा पाइलटहरूसँग वार्ता गरेका हुन्। जसमा आन्दोलनरत पाँच जना पाइलट उपस्थित थिए ।
उक्त वार्तापछि पाइलटहरूले उडानमा फर्किने निर्णय लिएको मन्त्रालयका प्रवक्ता रामकृष्ण लामिछानेले जानकारी दिए ।
उनकाअनुसार सेवासुविधाका बारेमा निगमका पाइलटहरूले उठाएका विषयलाई वैज्ञानिक आधारमा सम्बोधन गर्ने प्रतिबद्धता मन्त्रालयको तर्फबाट भएपछि पाइलटहरू काममा फर्किएका छन्।