• मंसिर १२ २०८१, बुधबार

बक्यौता नतिर्ने उद्योगहरुको तत्काल लाइन नकाट्ने प्राधिकरणको निर्णय

मंसिर १२ २०८१, बुधबार

मंसिर १२, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिले बक्यौता नतिर्ने उद्योगहरूमा तत्काल लाइन नकाट्ने निर्णय गरेको छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको अध्यक्षतामा बुधबार बिहान बसेको सञ्चालक समितिको बैठकले लाइन नकाट्ने निर्णय गरेको हो ।

विद्युत् नियमन आयोगले एक दिनअघि नै डेडिकेटेड तथा ट्रंकलाइन फिडरको लाइन नकाट्न पत्र पठाएपछि त्यसैलाई सदर गरेको सञ्चालक सदस्य कपिल आचार्यले जानकारी दिए ।

‘लाइन नकाट्न भनेर आयोगले एक दिनअघि नै पत्र पठाएको छ । बोर्ड बैठकमा नकाट्ने निर्णय भयो,’ उनले भने, ‘अब प्राधिकरणको व्यवस्थापनले के गर्छ ।’ बैठकमा सञ्चालकद्वय कपिल अचार्य र भक्तबहादुर पुनले असहमति राखेका थिए ।