• मंसिर ११ २०८१, मंगलवार

चन्द्रागिरि हिल्सले मंसिर १० गते १५औं वार्षिक साधारण सभा गर्ने

मंसिर ११ २०८१, मंगलवार

काठमाण्डौ । चन्द्रागिरि हिल्स लिमिटेडले १५औं वार्षिक साधारण सभा आह्वान गरेको छ । मंसिर १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त सभा आगामी पुस ३ गते कम्पनीको थानकोटस्थित कार्यालय परिसरमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।

कम्पनीले गत आर्थिक वर्षका लागि कुनै प्रकारको लाभांस वितरण नगर्ने जनाएको छ । सभामा सञ्चालक समिति सदस्यको नियुक्ति अनुमोदन गर्ने, र प्रबन्धपत्र तथा नियमावलीमा दफा तथा नियम संसोधन गर्न अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

यस्तै सञ्चालक समितिको तर्फबाट अध्यक्षद्धारा प्रस्तुत पन्धौं वार्षिक प्रतिबेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८१ साल असार मसान्तसम्मको वासलात, सोही मितिमा समाप्त आव २०८०र८१ को आय व्यय हिसाव र नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरु स्वीकृत गर्ने आव २०८१र८२ को लेखापरिक्षण कार्यको लागि लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने जस्ता सामान्य प्रस्तावहरु समेत पारित गरिनेछन् ।