• मंसिर १० २०८१, सोमबार

ब्लाइण्ड टी२० विश्वकपमा नेपालको पहिलो जित

मंसिर १० २०८१, सोमबार

१० मंसिर, काठमाडौं । पाकिस्तानमा जारी नेत्रहीन क्रिकेट विश्वकपमा नेपालले पहिलो जित हासिल गरेको छ । सोमबार भएको आफ्नो तेस्रो खेलमा नेपालले अफगानिस्तानलाई १०८ रनले हराएको हो । नेपालले दिएको २२९ रनको लक्ष्य पछ्याएको अफगानिस्तान २० ओभरमा ९ विकेट गुमाएर १२० रन मात्र बनायो । अबसिन सेलाबले सर्वाधिक ५३ रन बनाए । नेपालका सुनिल मगरले ४ ओभरमा १८ रन दिएर ३ विकेट लिए । त्यस्तै भरत थापा, सुनिल क्षेत्री र अमिश गुरागाईंले एक–एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा २ विकेट गुमाएर २२८ रन बनयो । नेपालमा पदम बढाइलाले ५१ बलमा अविजित ९२ रन बनाए भने नरेश चौधरीले ६२ बलमा ७२ रन बनाए । नेपाल पहिलो खेलमा श्रीलंका तथा दोस्रो खेलमा बंगलादेशसँग पराजित भएको थियो । अब नेपालले भोलि दक्षिण अफ्रिकासँग खेल्न बाँकी छ । उक्त खेल जित्दै सेमिफाइनलमा स्थान बनाउने नेपाली टोलीको लक्ष्य हुनेछ ।