दाङ, मंसिर १० । रूकुम पश्चिममा चक्कु प्रहार गरी छोराले बुवाको हत्या गरेका छन् । आठबिसकोट नगरपालिका–१० घारीखोलामा ५० वर्षीय दर्वे खत्रीको आइतरबार बेलुकी घरमै चक्कु प्रहार गरी २० वर्षीय छोरा वीरबहादुर खत्रीले हत्या गरेका थिए ।
जिल्ला प्रहरी प्रमुख डिएसपी नवराज पोखरेलका अनुसार छोराले पेटमा चक्कु प्रहार गर्दा बुवाको घटनास्थलमै मृत्यु भएको थियो । ‘पैसा माग्दा नदिएपछि छोराले बुवाको पेटमा चक्कु प्रहार गरेको भन्ने छ,’ डिएसपी पोखरेलले भने, ‘वीरबहादुर लागुऔषध सेवनकर्ता रहेको भन्ने खुलेको छ ।’
हत्या आरोपी छोरा फरार रहेको र उनको खोजी भइरहेको डिएसपी पोखरेलले बताए । हत्या आरोपी वीर बहादुरको खोजीको लागि प्रहरी परिचालन गरिएको छ ।
पोष्टमर्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ ।