• मंसिर १० २०८१, सोमबार

बाबुरामले बीआरआई बारे प्रधानमन्त्रीलाई दिए यस्तो सुझाव

मंसिर १० २०८१, सोमबार

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का संयोजक डा. बाबुराम भट्टराई प्रधानमन्त्रीले बोलाएको बैठकमा अनुपस्थित हुने भएका छन् । चीन भ्रमणको तयारीबारे परामर्शका लागि प्रधानमन्त्रीले सोमबार बिहान ११ बजे सिंहदरबारमा पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री लगायतको बैठक बोलाएका छन् ।

तर, आफू गृहजिल्ला गोरखा जान लागेकाले प्रधानमन्त्रीले चीन भ्रमणको सन्दर्भमा बोलाएको परामर्श बैठकमा सहभागी हुन नसक्ने भट्टराईले सामाजिक सञ्जाल एक्समार्फत् बताएका छन् । यद्यपि उनले एक्समार्फत् नै ओलीलाई केही सुझाव दिएका छन् ।

जसमा भट्टराईले नेपाल दक्षिण एसियाको सबैभन्दा पुरानो स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न राष्ट्र भएको उल्लेख गर्दै आफ्नो सार्वभौमसत्तालाई भ्रमणका क्रममा पनि ख्याल राख्न सुझाव दिएका छन् ।

यस्तै उनले दुई उदीयमान र प्रतिस्पर्धी शक्तिहरू चीन र भारत बीचको नेपालको विशिष्ट भूरणनीतिक, भूआर्थिक र भूराजनीतिक स्थितिलाई ध्यानमा राख्दै सबैसँग मैत्रीपूर्ण सम्बन्ध कायम गर्नेतर्फ सरकारले ख्याल गर्नुपर्ने धारणा पनि राखेका छन् ।

यस्तै हाम्रो कमजोर अर्थतन्त्रलाई कम भन्दा कम समयमा विकसित चरणमा पुर्याउन वैदेशिक व्यापार, पूँजी, प्रविधि, ज्ञान र सद्भाव चाहिने उल्लेख गर्दै भट्टराईले चीनको बीआरआईबाट फाइदा उठाउनै पर्नेमा जोड दिएका छन् । भट्टराईले पार्टीको तर्फबाट प्रधानमन्त्री र उनको टोलीलाई आगामी चीन भ्रमणको शुभकामना समेत दिएका छन् ।

https://x.com/brb1954/status/1860838372333531626?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1860838372333531626%7Ctwgr%5Ed212a303f98ca3f0562d0890b9c8afae23f3fe1e%7Ctwcon%5Es1_c10&ref_url=https%3A%2F%2Fwww.ratopati.com%2Fstory%2F459228%2Fbaburam-did-not-go-to-the-meeting-called-by-the-prime-minister-he-suggested-it-through-social-media