• मंसिर १० २०८१, सोमबार

भन्सार महसुल घटेपछि एकैदिन सुनको मूल्य प्रतितोला १५ हजार ९ सय रुपैयाँले घट्यो

मंसिर १० २०८१, सोमबार

 

मंसिर १०, काठमाडौं । सुनको मूल्यमा भारी गरिवाट आएको छ । सरकारले भन्सार महसुस घटाएपछि सुनको मूल्य सोमबार प्रतितोला १५ हजार ९ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन १ लाख ५१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार छापावाल सुन १ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीको मूल्य पनि घटेको छ । आइतबार प्रतितोला १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला १ हजार ८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सुन चाँदीको भन्सार महसुल १० प्रतिशतमा यसअघि सुन र चाँदी दुवैको भन्सार महसुल २० प्रतिशत थियो । सुनको मूल्य १५ कात्तिममा १ लाख ७० हजार ७ सय रुपैयाँ पुगेर रेकर्ड बनाएको थियो ।