महिनावारीको दुखाइबाट छुटकारा यसरी पाउनुहोस् :
-महिनावारीको समयमा धेरै रक्तश्राव भएर पेट दुखाई झन् बढ्न सक्छ। समयसमयमा पानि पिइरहने हो भने रक्तश्राव कम गर्न मदत गर्छ र यसले निम्त्याउने केही दुखाइलाई कम गर्न सक्छ। साथै, तातो पानी पिउनाले शरीरभरि रगतको प्रवाह बढाउन सक्छ र मांसपेशीहरूलाई आराम दिन्छ।
-एन्टी-इन्फ्लेमेटरी खानाहरूले रक्त प्रवाहलाई सन्तुलन गरी पेटलाई आराम गर्न मद्दत गर्न सक्छ। जामुन,टमाटर, बेसार, अदुवा वा लसुन जस्ता मसलाहरू खाने प्रयास गर्नुहोस्। हरियो सागसब्जी, बदाम, माछा, जस्ता चिजले पनि पेट दुखाइ कम गर्न सक्छ।
-धेरै गुलियो र नुनिलो खाने कुराले रक्तश्राव बढाउछ, जसले मांसपेशीको दुखाइ र पेट दुखाइलाई अझ खराब बनाउँछ।
-तातोले मांसपेशीहरूलाई आराम गर्न, रक्त प्रवाह सुधार गर्न र तनाव कम गर्न मद्दत गर्दछ। हट ब्यागले सेकाउनुको साथै तातो पानीमा नुहाउने वा तातो पानीमा खुट्टा डुबाएर बस्दा पनि दुखाइ कम हुन्छ।
-व्यायामले मांसपेशीहरूलाई आराम दिन्छ र दुखाइ कम गर्छ। महिनावारीको समयमा पन्ध्र मिनेटको हल्का योगा, स्ट्रेचिङ वा हिंड्नु फाइदाजनक हुन्छ।
-तनावले दुखाइलाई अझ खराब बनाउन सक्छ। आफ्नो आँखा बन्द गरेर, गहिरो सास लिने गर्नुपर्छ।
-धुम्रपान र मद्यपानले दुखाइ बढाउन सक्छ। साथसाथै टाउको दुख्ने, रिस उठ्ने समेत हुन सक्छ।